तपाईँ सुन्दै हुनुहुन्छः

प्युठान, रोल्पा र अर्घाखाँचीमा आज तीन घण्टा  विद्युत् आपूर्ति अवरुद्ध हुने 

रोल्पा । झिमरूक पावरहाउस मर्मत हुनेहुँदा चार  घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

आज शनिबार दिउँसो  झिमरुक जलविद्युत केन्द्रको पावर हाउसमा ३३ के.भि  कन्ट्रोल रूममा आवश्यक मर्मत कार्य गर्नु पर्ने भएकोले  बुटवल पावर कम्पनी लिमिटेड झिमरुक जलविद्युत  केन्द्र दारिमचौर प्युठानबाट प्रसारण भएको ३३ के.भि. लाइन अन्तर्गत प्युठान, रोल्पा र अर्घाखाँची जिल्लामा  बिहान ११ बजे देखी दिउँसो ३ बजेसम्म विद्युत् सेवा बन्द हुने भएको हो । 

झिमरूक पावरहाउस अन्तर्गत रोल्पाको शुनिलस्मृति गाउँपालिका,लुङ्ग्री गाउँपालिका, शुनछहरीगाउपालीका,रोल्पा नगरपालिका, माडी गाउँपालिका, परिवर्तन गाउँपालिका र थबाङ गाउँपालिका क्षेत्रहरूमा वितरित बिद्युत अवरुद्ध हुने छ ।

मर्मतसम्भार कार्य सकिएपछि नियमित बिद्युत सेवा सुचारु हुने बुटवल पावर कम्पनी लिमिटेड दारिमचौर प्युठानले जानकारी गराएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button