तपाईँ सुन्दै हुनुहुन्छः

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ ।नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर तीन–तीन रुपैयाँ घटाएको हो ।

मूल्य समायोजनपछि काठमाडौँमा पेट्रोलको नयाँ मूल्य एक सय ६७ रुपैयाँ, डिजेल तथा मट्टितेल एक सय ५७ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएपछि निगमले मूल्य समायोजन गरेको जनाएको छ । अब नयाँ मूल्यअनुसार पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १६४.५०, दोस्रो १६६ र तेस्रो वर्गमा १६७ रुपैयाँ पर्नेछ ।

त्यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा १५४.५०, दोस्रो वर्गमा १५६ र तेस्रो वर्गमा १५७ रुपैयाँ प्रतिलिटर पर्ने निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button