तपाईँ सुन्दै हुनुहुन्छः

बारामा ८ अर्ब ६४ करोड बढीको धान उत्पादन

बारा । बारा जिल्लाका कृषकहरूले यस वर्ष अगहनी, भदैया र चैते धानवाली खेती गरि गत वर्षको तुलनामा यस बर्ष २० हजार ५सय ८७ दशमलव ५ मेट्रिकटन धान बढी उत्पादन भएको ज्ञानकेन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो । 

कुल २ लाख ७१ हजार ६२ मेट्रिकटन धान उत्पादन भएको प्रमुख यादवले भन्नुभयो ।  । सो उत्पादित धान कुल ८ अर्ब ६४ करोड  ३ लाख ३८ हजार  बराबरको अगहनी, भदैया र चैते धान उत्पादन भएको बाली संरक्षण अधिकृत राजनारायण साहले जानकारी दिनुभयो । 

विभिन्न जातको अगहनी धान  ३४ हजार १ सय २० हेक्टर क्षेत्रफलमा खेती गरि प्रति हेक्टर ४ दशमलव १ मेट्रिकटनले  रु, ४ अर्ब ७५ करोड ६३ लाख, २८ हजार बराबरको  १ लाख ३९ हजार ८ सय ९२ मेट्रिक धान उत्पादन भएको छ । 

त्यसैगरि  भदैयाधान  ११ हजार ९ सय हेक्टर क्षेत्रफलमा खेती गरि प्रति हेक्टर  ४ दशमलव ३ प्रतिशतले कुल १ अर्ब  ४८ करोड, ३९लाख ३० हजार  बराबरको ५१ हजार  १ सय ७०  मेट्रिकटन भान उत्पादन भएको  ज्ञानकेन्द्रका यादवले जानकारी गराउनु भएको थियो  । 

चैते धान  १६ हजार  हेक्टर क्षेत्रफलमा खेती गरि  प्रति हेक्टर  ५ मेट्रिकटनको दरले  २ अर्ब  ४० करोड , ८० हजार बराबरको  ८० हजार मेट्रिकटन उत्पादन भएको छ । गतबर्ष कृषकहरूले अगहनी, भदैया र चैते धान खेती गरि यस वर्षको तुलनामा  २० हजार ५ सय ८७ दशमलव ५ मेट्रिकटन धान उत्पादनमा कमी आएको बाली संरक्षण अधिकृत साहले जानकारी दिनुभयो  । 

६ अर्ब १४ करोड  ९८ लाख ७५ हजार बराबरको  २ लाख ५० हजार ४ सय ७१  दशमलव ५ मेट्रिकटन धान उत्पादन भएको थियो । अगहनी ३४ हजार १ सय १५ हेक्टरमा खेती  गरि प्रति हेक्टर ४ दशमलव २ प्रतिशत मेट्रिकटनले  रु ३ अर्ब ५८ करोड, २० लाख  ७५ हजार  बराबरको १ लाख ४३ हजार २ सय ८३ मेट्रिकटन धान उत्पादन भएको थियो । 

त्यसैगरि भदैया धान  ११ हजार ९ सय ५ हेक्टर क्षेत्रफलमा खेती गरि प्रति हेक्टर ४ दशमलव ३ प्रतिशत मेट्रिकटनको दरले १ अर्ब २७ करोड,  ९८ लाख  बराबरको ५० हजार १ सय ९१ दशमलव ५  मेट्रिकटन भदैया धान उत्पादन भएको थियो । 

चैते धान भने १४ हजार हेक्टर क्षेत्रफलमा खेती गरि किसानहरुले ४ मेट्रिकटनको दरले  रु १ अर्ब २८ करोड ८० लाख बराबरको ५६ हजार मेट्रिकटन चैते धान उत्पादन भएको बाली अधिकृत साहले भन्नुभयो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button