एकल महिला र दलित परिवारलाई साेलार प्यानल वितरण
मुगु। जिल्लाको पश्चिमी खतेड गाउँपालिका भरिका एकल महिला र दलित परिवारलाई साेलार प्यानल वितरण गरिएको छ । ब्याकटु फाईफ जर्मनकाे आर्थिक तथा मानव अधिकार तथा वातावरण बिकास केन्द्र नामक एक गैरसरकारी संस्थाकाे सहजिकरणमा निःशुल्क साेलार प्यानल वितरण गरेको हाे ।
बिद्धुतकाे कुनै पनि प्रसारण लायन नछाेएकाे पश्चिम खतेड गाउँपालिका भरिका ३ सय ५३ जना दलित र ७० जना एकल महिला गरि जम्मा ४ सय २३ घर लाई शौर्य पाता सेट वितरण गरिएको हाे । रू २५ हजार मूल्य पर्ने ५० वाट क्षमताका साेलर प्यानल सेट पाएपछि दलित तथा एकल महिलाहरू खुशी भएका छन् ।
संस्थाले हाम्रो दुःख बुझेर नि:शुल्क सोलार उपलब्ध गराउँदा सारै खुसी लागेको खत्याड गाउँपालिका–९ का जयधर्म लावडले बताए । ‘हामी गरिबले पैसा हालेर सोलार किन्ने क्षमता थिएन,’ उनले भने, ‘अब घरमा उज्यालो गर्न पाइने भयो ।
घरमा ५ वटा बत्ती बाल्न सक्ने र मोबाइल चार्ज समेत गर्न सकिने बताइएको छ । मुगुको दुर्गम खतेड गाउँपालिकामा बेलुका उज्यालोको लागि बर्षाै देखि झराकाे दियालो बाल्दै आएका खतेडका एकल महिला र दलित समुदायको लागि साेलार प्यानल प्राप्तिले ठुलो राहत मिलेको छ । विशेष गरि साँझपखकाे समयका साना स्कुल पढ्ने बालबालिकाको लागि र काममा धेरै समय बेतित गर्ने महिला वर्गका लागि सहज हुने भएको छ ।
साेलार प्यानल सेट वितरणका लागि करिब एक करोड भन्दा बढी रकम लागत रहेको मानव अधिकार तथा वातावरण बिकास केन्द्र मुगुका प्रबन्धक नवराज रातले जानकारी दिनु भयाे ।
प्रतिक्रिया राख्नुहोस्