बागमती प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पतालमा भर्ना हुनुभएको छ । प्रमुख शर्मा शनिबार बिहानदेखि ज्वरो आएपछि अस्पताल भर्ना हुनुभएको हो ।

शर्माका प्रमुख स्वकीय सचिव पारसमणि फुयाँलका अनुसार शर्माको काठमाडौँको हेल्पिङ् ह्याण्ड्स सामुदायिक अस्पताल चाबहिलमा उपचार भइरहेको छ। स्वास्थ्य परीक्षणका क्रममा प्रमुखमा निमोनिया पनि देखिएको फुयाँलले जानकारी दिनुभयो ।
उपचारत प्रदेश प्रमुख शर्माको अहिले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँको निजी सचिवालयले जनाएको छ । प्रमुख शर्मालाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अस्पतालले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्