थारु समुदाय देशको असल भुमिपुत्र : चौधरी
नवलपरासी पश्चिम् । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफू पहिचानको पक्षमा समर्पित हुने बताउनुभएको छ ।

विगतदेखि नै राज्यका शासकहरूले थारु समुदायका भाषा, संस्कृति र पहिचानलाई समेट्न नसकेको उहाँले बताउनुभयो । राज्यले आफूहरूलाई नागरिकता बाहेक केही नदिएको चौधरीको भनाइ छ । नागरिक उन्मुक्ति पार्टी पश्चिम् नवलपरासीले आज बर्दघाटको चौपत्तामा आयोजना गरेको आमसभामा चौधरीले थारुको इतिहास र विरासत संरक्षणका लागि नागरिक उन्मुक्ति पार्टीको जन्म भएको बताउनुभयो ।
राज्यको शिक्षा नीति विभेदकारी भएको उल्लेख गर्दै नेता चौधरीले यहाँको माटो सुहाउँदो, संस्कृति सुहाउँदो समावेशिता रहनुपर्नेमा जोड दिनुभयो । उहाँले थारु समुदाय देशको असल भुमिपुत्र भएको भन्दै राज्यसँग जङ्गे पिल्लर नहुँदा आफ्ना पुर्खाहरूले सालका रुखका ठुटा गाडेर सीमाको रक्षा गरेको दाबी गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्