पोखरामा आउन थाले ४ जिल्लाका सुन्तला

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा मुख्य गरी ४ जिल्लाको सुन्तला आउन थालेको छ । पोखरामा स्याङजा, पर्वत, बागलुङ र म्याग्दी जिल्लाबाट सुन्तला बिक्रीको लागि आउन थालेको व्यवसायीहरूले बताउनु हुन्छ ।
विगत १२ बर्ष देखि सिजन अनुसार सुन्तलाको व्यापार गर्दै आउनु भएको समिरि श्रेष्ठ हिजोआज बिहानै देखि सुन्तला बिक्री र खरिद गर्न भ्याई नभ्याई हुने गरेको छ । पोखराको कृषि उपज बजार(शान्ति वन वाटिका) क्षेत्रमा किसानले उत्पादन गरेका सुन्तला सिधै किसानसँग खरिद गर्ने त केही आफै समेत किसानको बारीमा पुगेर सुन्तला ल्याउने गरेको उहाँले बताउनु भयो ।
सायद केही जिल्लामा यस बर्ष सुन्तलाको फल लागेको समयमा असिना आएकोले गर्दा केही सुन्तलामा आकार सानो भएको र दागी भएको श्रेष्ठले बताउनु भयो । उहाँले करिब एक ट्रक सुन्तला बिक्रीको लागि प्रदेशका विभिन्न जिल्लाबाट सुन्तला खरिद गर्नु भएको हो । बजारमा सुन्तला बिक्री हुन कठिन भएको अवस्थामा किसानले बोटमै सुन्तला महँगो भन्ने गरेको श्रेष्ठले गुनासो गर्नु भयो ।

कृषि उपज बजार शान्ति वन वाटिकामा विगत लामो समय देखि सुन्तलाको सिजनमा सुन्तला खरिद बिक्री गर्दै आउनु भएका महेश खड्काले यस बर्ष करिब १५ लाखको सुन्तलाको कारोबार गर्ने लक्ष्य राख्नु भएको छ । उहाँले स्याङजा, पर्वत, बागलुङ र म्याग्दीमा उत्पादन भएका सुन्तला खरिद बिक्री गर्नु भएको छ । उहाँले हाल कृषि उपज बजारमा प्रतिकेजी सानो ३० रुपैयाँ देखि ठुलो ग्रेडिङ गरेको १ सय रुपैयाँमा होलसेल सुन्तला बिक्री गरेको जनाउनु भयो ।
सुन्तलाको सिजन हाल जारी रहेकोले हालसम्म सन्तोषजनक व्यापार भएको खड्काले बताउनु भयो । खड्का र श्रेष्ठ जस्ता कैयौँ व्यापारीले पोखरामा हाल सुन्तला बिक्री वितरण गर्नु भएको छ । उक्त सुन्तला खुद्रा बजार मूल्य भने ५० देखि १ सय ५० सम्म पर्ने गरेको छ । पोखरा आएको सुन्तला पूर्व तर्फ जाने गरेको व्यवसायीहरूले बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्