तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक सुधार अझै पनि ‘महत्त्वपूर्ण चरण’ मा छ– राष्ट्रपति सी

बेइजिङ। चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक सुधार ‘अहिले पनि महत्त्वपूर्ण चरण’ मा रहेको बताउनुभएको सरकारी प्रसारक सिसिटिभीले शुक्रबार बताएको छ । चीनको सुस्त घरेलु गतिविधि र सम्पत्ति क्षेत्रको समस्याले महामारीपछिको स्थितिमा सुधार भइरहेको छ । 

विश्वको सबैभन्दा दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले तेस्रो त्रैमासिकमा चार दशमलव नौ प्रतिशतले वृद्धि हासिल गरेको छ । यो बेइजिङको पाँच प्रशिततको लक्ष्यभन्दा थोरै कम हो । साथै यो वृद्धि वर्षौंमा सबैभन्दा कम हो । 

“अहिले मुलुकको आर्थिक सुधार अझै पनि महत्त्वपूर्ण चरणमा छ”, सिसिटिभीका अनुसार मुलुकको शीर्ष निर्णय लिने संस्था चीनको कम्युनिस्ट पार्टी पोलिटब्युरोको बैठकमा राष्ट्रपति सीले भन्नुभयो । अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने उपायहरू गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय राजनीतिक तथा आर्थिक वातावरणमा बढ्दो प्रतिकूल कारकहरूसँगै मुलुकले सामना गर्नुपरेको विकास अवस्था जटिल छ ।”

उहाँले आधुनिक औद्योगिक प्रणालीको निर्माणमा तीव्रता ल्याउन, घरेलु मागको विस्तार गर्न र जोखिमलाई रोक्न तथा कम गर्न ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले प्रमुख विज्ञान तथा प्रविधि क्षेत्रमा ‘आत्मनिर्भरता’ लाई प्रवर्द्धन गर्न र ‘एउटा नयाँ विकास खाकाको निर्माणमा तीव्रता ल्याउने’ आवश्यकतामा पनि जोड दिनुभयो । 

अधिकारीहरूले सन् २०२२ को अन्त्यमा कठोर रोकथामका उपायहरू हटाएपछि कोभिड महामारीको प्रभावबाट पार पाउन सङ्घर्ष गरेका छन् । अधिकारीहरूले नोभेम्बरमा निर्यात सात महिनामा पहिलोपटक बढेको घोषणा गरेका छन् । एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button