जनताका मौलिक संस्कृतिको संरक्षण गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा सांस्कृतिक पहिचान कायम गर्न सबै जाति तथा समुदायका भाषा, साहित्यको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
जन साहित्यिक मञ्च नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको शुभारम्भ गर्दै पुँजीवादी संस्कृतिको प्रभावले स्वदेशी संस्कृति लोपोन्मुख हुँदै गएकाले जनताका मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गरी अन्तर्राष्ट्रिय तहमा मुलुकको गौरव बढाउन सकिने उहाँले बताउनुभयो ।
स्वदेशका संस्कृति, सामाजिक पक्षका साथै सभ्यताको जगेर्ना हुन नसकेकाले भाषा, साहित्यको अतिक्रमण हुँदै गएकामा हामी सबै त्यसतर्फ सचेत रहनुपर्ने नेता खनालको भनाइ थियो । मुलुकमा बढ्दै गएको वैदेशिक हस्तक्षेपले राजनीतिक अस्थिरता आउन सक्ने खतरा रहेको बताउँदै उहाँले त्यस्तो कार्यले सांस्कृतिक, सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा प्राप्त अधिकार सङ्कुचित हुनसक्ने औँल्याउनुभयो ।
नेता खनालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि परिवर्तनका पक्षधर एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्