तपाईँ सुन्दै हुनुहुन्छः

भन्सार छलेर ल्याइएका चार वटा राँगा प्रहरी नियन्त्रणमा

बाँके ।भारतबाट अवैधरुपमा भित्र्याएका चार वटा राँगा बाँके प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको गस्ती टोलिले भारतबाट नेपाल भित्र्याइएका ती राँगा डुडुवा गाउँपालिका–६ मुन्सिपुरवाबाट पक्राउ गरिएको हो  । तस्करहरू भने प्रहरीलाई देख्ने बित्तिकै फरार भएका छन् ।

भारतबाट सस्तो मूल्यमा राँगा नेपाल ल्याएर तस्करहरूले बढी मूल्यमा विक्री गर्ने गरेका छन् । ती राँगा मासुको लागि यहाँ खपत हुने गरेको प्रहरी भनाई छ ।

पक्राउ परेका राँगाको मूल्य १ लाख ४० हजार बराबर रहेको प्रहरीले बताएको छ । नियन्त्रणमा लिइएका राँगा इलाका प्रहरी कार्यालय हिरमिनियामा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button