कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु
विराटनगर । विराटनगर महानगरपालिका–७ स्थित सात घुम्तीमा रहेको कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगरका ३० वर्षीय दिपक मण्डल रहेको र अर्का एक जनाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले बताउनुभयो ।

आगलागीमा परि घाइते भएका उनीहरूको उपचारका क्रममा विराटनगर स्थित न्युरो अस्पतालमा मृत्यु भएको डिएसपी दाहालले जानकारी दिनुभयो ।
आगो नियन्त्रणमा लिने क्रममा पाँच जना घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक र घाइते कवाडी गोदामका कामदार हुन ।
आगलागीको कारण खुल्न नसकेको डिएपी दाहालले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्