कोप २८ मा ‘हिमालको पुकार’ वृत्तचित्र प्रदर्शन
दुबई । संयुक्त अरब इमिरेट्स्को दुबईमा भइरहेको संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन (कोप २८) मा नेपालमा भएको जलवायु जन्य हानी नोक्सानी समेटिएको वृत्तचित्र हिमालको पुकार (द प्ली अफ माउण्टेन) प्रदर्शन गरिएको छ ।

वृत्तचित्रमा सगरमाथा, अन्नपूर्णसहितका हिमाल पग्लिदा त्यसले जनजीवनमा पारको असरलाई देखाइएको छ । त्यस्तै, जलवायु परिवर्तनका कारण नेपालको मनाङ, मुस्ताङ, सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची, डोल्पाको फोक्सुन्डो, तराई मधेशमा गएका बाढी पहिरो र क्षति समेटिएको छ ।
वृत्तचित्रमा प्रभावित क्षेत्रका बासिन्दाको आवाज समेटिएको छ भने नेपाललाई जलवायु न्यायका लागि विशेष ध्यानाकृष्ट गराइएको छ । वृत्तचित्रको लेखन र निर्देशन वरिष्ठ पत्रकार बालकृष्ण बस्नेतले गर्नुभएको हो ।
सम्मेलन अन्तर्गत नेपाल पेभिलिएनमा वन तथा वातावरण मन्त्रालय र साथसाथै संस्थाको संयोजनमा भएको विशेष कार्यक्रममा उक्त वृत्तचित्र प्रदर्शन गरिएको हो । वृत्तचित्र प्रदर्शनपछि त्यसबारे विभिन्न विज्ञहरूबिच अन्तरक्रिया समेत भएको थियो ।
अघिल्लो वर्ष इजिप्टमा भएको जलवायु सम्मेलन कोप २७ मा पनि बस्नेतकै लेखन, निर्देशन रहेको वृत्तचित्र द भ्वाइस् फर क्लाइमेट जष्टिस् प्रदर्शन गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्