तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्प प्रभावित क्षेत्रमा बालबालिका र सुत्केरीहरु जोखिममा परेको भन्दै अनेमसंघले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिलासंघ केन्द्रीय कमिटिले जाजरकोटमा आएको शक्तिशाली भूकम्पपछि त्यहाँका महिला, बालबालिका र सुत्केरीहरु जोखिममा परेको भन्दै गृह मन्त्रीको ध्यानाकर्षण गराएको छ ।

सुत्केरी महिला र नवजाता शिशुहरुको स्वास्थ्य अवस्था विग्रिएको, महिलाहरु जोखिममा परेको भन्दै उनीहरुका लागि विशेष सुरक्षा सतर्कता बढाउन आग्रह गरेको हो । भुकम्पपछि अस्थायी टहरामा रात विताइरहेका महिलाहरुमाथि यौन जन्य घटना भएका कुरा सार्वजनिक भएकाले महिला सुरक्षाकर्मीको संख्या बढाइ त्यस्ता घटना हुन नदिन विशेष तयारी गर्न आग्रह गरेको छ ।

अखिल नेपाल महिलासंघको एक टोलि मन्त्रालयमा पुगेर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएको हो । अनेमसंघ अध्यक्ष टुकाभद्र हमाल, उपाध्यक्ष शर्मिला कार्की, महासचिव पेम्बा लामा सहितको टोलिले गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button