टिप्पर पल्टिदा एक जनाको मृत्यु
पाल्पा। पाल्पाको रैनादेबी छहरा गाउँपालिकाको सर्देवामा संन्चालित सिजी सिमेन्ट उद्योगको कम्पाउन्ड भित्र माटो बोकेर अर्को स्थानमा सार्ने क्रममा टिप्पर पल्टिदा एक जनाको मृत्यु भएको छ ।
गए राती करिब साढे ११ बजेको समयमा लु १ क ३१६१ नम्बरको टिप्पर पल्टिदा रिब्दीकोट गाउँपालिका १ ख्याहा बस्ने बर्ष २४ को शिब बहादुर पालुङ्गेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा परि घाइते भएका पालुङ्गेलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज तानसेन ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । घटनाको विषयमा अन्य अनुसन्धान कार्य जारी रहेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्