‘मेलम्चीको पानी पथान्तरणका लागि काम जारी’
सिन्धुपाल्चोक । खानेपानी मन्त्री महेन्द्र राय यादवले मेलम्चीको पानी पथान्तरणका लागी तीव्र गतिमा काम भइरहेको बताउनुभएको छ ।

आज खानेपानीको मुहान स्थल हेलम्बु अम्बाथान पुगेर मन्त्री यादवले विभिन्न समस्याका बाबजुद पनि अहिले सन्तोषजनक ढंगले हिसाबले काम भइरहेकाले काठमाडौँमा नियमित पानी वितरण गर्ने योजनाका साथ अघि बढेको बताउनुभयो ।

सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बाढीले पुर्याएको क्षतिको एकिन गर्ने काम भइरहेकाले काठमाडौँमा पानी वितरण गर्न केही समय लाग्ने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्