तपाईँ सुन्दै हुनुहुन्छः

काङ्ग्रेसको जिल्ला भेलामा संस्थापन पक्ष उपस्थित नहुने

नवलपरासी,पश्चिम् । नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले उद्घाटन गर्ने नेपाली काङ्ग्रेस पश्चिम् नवलपरासीको पहिलो जिल्ला भेला संस्थापन पक्षले बहिष्कार गर्ने भएको छ। विभिन्न माग राखी असहमति जनाउँदै संस्थापन पक्षले कार्यक्रम बहिष्कार गर्न  लागेकाे हाे ।  

पार्टीका जिल्ला सभापति अर्जुन कुमार पोखरेलले एकलौटी रुपमा पार्टी चलाउन खोजेको,केन्द्रको निर्देशन अवज्ञा गरेको र   गुट निकटका व्यक्तिहरूलाई मात्र मनोनीत गरेको लगायतका असहमति रहेको संस्थापन पक्षका नेता मोहन शर्माले बताउनुभयो ।‘विद्यान अनुसार चल्नु पर्छ कि पर्दैन,वडागत तहबाट सम्मेलन भएर आउनु पर्छ भन्ने लगायतका माग राख्यौ सभापति जिले सुन्नु भएन त्यसैले हाम्रा साथीहरू आजको भेलामा उपस्थित हुन्नन’, शर्माले भन्नूभयो ।

देवेन्द्रराज कँडेल (संस्थापन) पक्षधरले जिल्लामा रहेको केन्द्रिय सदस्यहरु, प्रदेश सभा सदस्यहरु सहित भातृसंगठनहरुले समेत आपत्ति जनाइरहँदा जबरजस्ती जिल्ला सम्मेलन गर्न खोज्नु गलत भएको नेता मोहन शर्माको भनाई छ।

यता ईतर पक्षका नेता लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले भने पार्टीका हरेक कमिटीहरू स्वायत्त रहने हुँदा हरेक निर्णयमा माथिल्लो तहको निर्णय नै कुर्नु बाध्यकारी नहुने उल्लेख गर्नु भयो ।‘केन्द्र,प्रदेशले नगरी जिल्ला आफैले पनि पार्टीक विधानगत कार्यक्रम गर्न सक्छ,हरेक कुरामा आपत्ति जनाउने कुरामा केही भन्नू छैन’, खनालले भन्नुभयो ।

जिल्लामा बिक्रम खनाल (ईतर) र देवेन्द्र राज कँडेलको दुई गुट रहेको छ । दुई गुटले नै एक अर्काको कार्यक्रममा असहमति जनाउँदै आईरहेका छन् ।केही समय अगाडि प्रतापपुर गाउँपालिकाको सुर्यपुरामा बिपी शालिक अनावरण कार्यक्रममा समेत संस्थापन पक्षले उपस्थिति जनाएन।

प्रतिक्रिया राख्नुहोस्

Back to top button