तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा एक हप्ता विद्युत् अवरुद्ध हुने

रोल्पा । रोल्पामा एक हप्ता विद्युत् अवरुद्ध हुने भएकाे छ । नेपाल विद्यु‌त‌प्राधीकरण आयोजना व्यवस्थापन निर्देशनालय, वितरण प्रणाली सुदृढीकरण तथा बिस्तार आयोजना अन्तर्गत रोल्पा वितरण केन्द्र क्षेत्रभित्र निर्माण सम्पन्न भएको रोल्पाको सातदोवाटो स्थित लाकुरी सवस्टेशन ३३/११ केभी सञ्चालनमा आउने भएकोले सुनिलस्मृति गाउँपालिका, लुङ्‌‌ग्री गाउँपालिका र शुनछहरी गाउँपालिका भरी आजदेखी एक  हप्तासम्म विद्युत् अवरुद्ध हुने रोल्पा वितरण केन्द्र‌ले जनाएकाे छ।

हाल ३३ केभीमा सञ्चालित ट्रान्सफर्मरहरू फेरबदल गरी ११ केभी ट्रान्सफर्मर जडान गरि संचालनगर्ने र ३३/०४ केभी ट्रान्सफर्मर भएको ठाउँमा ११/०४ केभीका ट्रान्सफर्मर पहिलो चरणमा अडान गर्नुपर्ने भएको हुँदा आज मङ्सिर १५ गते देखी यही मङ्सिर २२गते सम्म मिझिङ, सुलीचौर अरेस तेवाङ सिर्प, बडाचौर पाङ, गुम्चाल, फगाम, जैमाकसला र पोवाङ क्षेत्रहरूमा विद्युत् अवरुद्ध हुने र काम सम्पन्न भए पश्चात् नियमित विद्युत्  लाकुरी सबस्टेशन मार्फत हुने छ भने सो अवधिमा अन्य ठाउँमा नियमित विद्युत् लाइन नकाटिने  रोल्पा वितरण केन्द्रका कार्यालय प्रमुख अशेश्वर शाहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button