करिब एक करोडमा लागतमा मन्दिर भवनको जीर्णोद्धार

मुगु । मुगु जिल्ला सदरमुकाम गमगढी बजारको बिच भागमा अवस्थित कालिका मालिका दुर्गा भगवतीका दुईवटा मन्दिरको जीर्णोद्धार गरिएको छ ।
छायाँनाथ रारा नगरपालिकाका निवर्तमान नगर प्रमुख हरिजङ शाही द्वारा शिलान्यास गरी वर्तमान नगर प्रमुख बिष्णु कुमार भामको कार्यकालमा उक्त मन्दिर को निर्माण कार्य पूरा भएको हो छायाँनाथ रारा नगरपालिकाको रू १ करोड रुपैयाँ र नगरपालिकाको प्राविधिक सहयोगमा मन्दिर निर्माण भएको नगर प्रमुख बिष्णु कुमार भामले बताउनु भयो ।
दुई वटै मन्दिरको जीर्णोद्धार गरिएपछि दैनिक नृत्यपुजाको लागि सहज भएको मन्दिरका पुजारी पूर्णप्रसाद चौलागाईले बताउनु भयो । दैनिक नृत्य पूजा हुने उक्त मन्दिर परापूर्व कालमा निर्माण गरिएका थिए । दिन प्रति दिन मन्दिरका भवन हरू धेरै पुरानो भई जीर्ण हुँदै जान थालेपछि मन्दिर व्यवस्थापन समितिको आग्रहमा छायाँनाथ रारा नगरपालिकाले आवश्यक बजेट समेत व्यवस्थापन गरेको थियो । साँगुरो भवनमा पूजाआजा गर्न समेत कठिनाइ हुने गरेको गुनासो पुजारी चौलागाईको थियो ।
छायाँनाथ रारा नगरपालिका वडा नं १ गमगढी को बिच बजारमा अवस्थित कालिका र मालिका गरि दुईवटा मन्दिरमा दैनिक जसो बिहानीको समयमा बजार बासी लगायत रारा घुम्न आउने आन्तरिक पर्यटकहरू गमगढी आउँदा छायाँनाथ रारा नगर पालिका वडा नं २ चैन गाउँमा रहेको प्रख्यात छायाँनाथ मन्दिर र वडा नं १ गमगढीको कालिका मालिका मन्दिरको दर्शन गर्ने गर्दछन् । यी मन्दिरको एकचोटि भएपनि दर्शन गर्न सकेको खण्डमा मनले चिताएको पुग्ने र जीवनमा कुनै किसिमको अनिष्ट ननिम्तिने धार्मिक विश्वास रही आएको छ ।
यही विशेषताले यी मन्दिरहरूको महत्व दिन प्रतिदिन बढ्दै गएको कालिका मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर मल्लको भनाई छ । साक्षर शक्ति पीठको रूपमा रहेको यस कालिका मालिका मन्दिरमा वर्षमा दुई पटक चैते दशै र असोज, कार्तिक महिनामा विशेष पूजा आराधाना गरिन्छ । भने सयौँ खसी बोकाको बलि दिइने गरिन्छ ।
नयाँ मन्दिरका भवनसँगै मन्दिरको आफ्नै लगानीमा कालिका र मालिका भगवतीका दुईवटा धातुका प्रतिमा स्थापना गरिएको मन्दिरका कार्यवाहक अध्यक्ष चेतना शाहीले बताउनु भयो । मन्दिरमा होम पूजा गर्नका लागि निवर्तमान नगर प्रमुख हरिजङ् शाहीले आफ्नो व्यक्तिगत लगानीमा करिब २० हजारको लगानीमा होमकुण्डो निर्माण गर्नु भएको छ। ।








प्रतिक्रिया राख्नुहोस्