कोहलपुर ल्याउने क्रममा बाटोमै मर्यो पासोमा परेको चितुवा

बाँके । पासोमा परेको चितुवालाई उद्धार गरी बाँके ल्याउने क्रममा बाटोमै मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका–६ नरपानी जङ्गलमा पासोमा परेको चितुवालाई बाँके राष्ट्रिय निकुञ्जमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।
स्थानीय, सुरक्षाकर्मी र वन कार्यालयका कर्मचारीले उद्धार गरी निकुञ्जमा ल्याउने क्रममा मङ्गलवार सन्धिखर्क-गोरुसिंगे सडक खण्डको शीतगंगा नगरपालिकाको डाहोटे नजिकै मरेको डिभिजन वन अधिकृत ईश्वरी पौडेलले जानकारी दिनुभएको छ।








प्रतिक्रिया राख्नुहोस्