एमाले अध्यक्ष ओली बैतडी जाँदै जानुहुँदै
धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज धनगढीबाट बैतडी जाँदै हुनुहुन्छ । भोली मंसिर १४ गते सुरु हुने पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङ’ समृद्धिका लागि सङ्कल्प यात्रा २०८० को शुभारम्भका लागि अध्यक्ष ओली बैतडी जान लाग्नु भएको हो । अध्यक्ष ओलीले भोली बैतडीको झुलाघाटमा सङ्कल्प यात्राको शुभारम्भ गर्नु हुने कार्यक्रम रहेको छ । उहाँ काठमाडाैँबाट हिजो साझ धनगढी आइपुग्नु भएको हो ।

अध्यक्ष ओलीले धनगढीमा पार्टीका अगुवा नेता कार्यकर्ता लगायतकासँग भेटघाट गर्नु भएको एमाले प्रदेश सचिव रणबहादुर चन्दले बताउनु भयो । सङ्कल्प यात्राका लागि अध्यक्ष ओलीसँगै पार्टीका पदाधिकारीसहित नेताहरू बैतडी जाने तयारीमा रहेको उहाँले बताउनु भयो । करिब तीन सातासम्म चल्ने सङ्कल्प यात्राकाक्रममा मध्यपहाडी लोकमार्गमा पर्ने प्रमुख शहर लगायतका ठाउमा आमसभा गरिने एमालेले जनाएको छ ।
पश्चिम बैतडीको झुलाघाटबाट शुरु हुने एमालेको सङ्कल्प यात्रा पूर्व चिवाभञ्ज्याङ पुगेर समापन गर्ने कार्यक्रम रहेको बताइएको छ । मध्यपहाडी (पुष्पलाल) लोकमार्गको लम्बाई करिब १८७९ किलोमिटर रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्