तपाईँ सुन्दै हुनुहुन्छः

बाल संरक्षण मापदण्डको मस्यौदा तयार

काठमाडौँ ।  राष्ट्रिय बालअधिकार परिषद्ले बाल संरक्षण मापदण्ड २०८० को मस्यौदा तयार गरी सार्वजनिक गरेको  छ ।

परिषद् र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले  आज ललितपुरमा सरोकारवालासहित एक कार्यक्रम आयोजना गरी बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ५७ ले दिएको अधिकारबमोजिम बालबालिकाविरुद्धको हिंसा रोक्न र बालबालिकाको संरक्षण गर्न बाल संरक्षण मापदण्ड निर्माण गरेको जानकारी गराएको हो । 

सेवा प्रदायक, निजी क्षेत्र र विद्यालय गरी तीन क्षेत्रमा बाल संरक्षण मापदण्ड तयारी गरी छलफलमा ल्याइएको हो ।

ती क्षेत्रमा बालबालिकामाथि  हुन सक्ने  हिंसा र यौन दुर्व्यवहार, यातनालगायत अमानवीय क्रियाकलाप निरुत्साहन गरी उजुरी र कारवाहीको प्रक्रियाहरूबारे मापदण्डमा प्रस्ताव गरिएको परिषद्का सदस्य सचिव बमबहादुर बानियाले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button