तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा पर्यटकको चहल पहल बढ्याे

पोखरा । पर्यटकीय नगरी पोखरामा हाल पर्यटकको चहल पहल बढेको छ । पोखरामा हाल विदेशी सहित आन्तरिक पर्यटकहरूको चहल पहल बढेको पोखराका पर्यटन व्यवसायीहरूले बताउनु भएको छ । 

कोरोना पछिको आर्थिक मन्दी र पोखरा मुग्लिङ सडकखण्ड स्तरोउन्नतीको क्रममा रहेको अवस्थामा पनि पोखरामा दशैं तिहार पर्व सकिएको अवस्थामा पनि उत्साहजनक पर्यटकहरूको आगमनले आफूहरू निकै उत्साहित भएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । 

अहिलेको अवस्थामा पोखराको होटल क्षेत्रको अकुपेन्सी ६० प्रतिशत रहेको उहाँले जनाउनु भयो । यस वर्षको पर्यटनको सिजनको अवसरमा पोखरामा हाल ४० प्रतिशत भारतीय सहितको विदेशी पर्यटक पोखरामा समग्र ६० प्रतिशत होटल अकुपेन्सी भएको अध्यक्ष सुवेदीले बताउनु भयो । हाल भारतीय सहित तेस्रो मुलुकका पर्यटकले गर्दा करिब ४० प्रतिशत होटल अकुपेन्सि रहेको उनले बताए ।

दशैं अघिसम्म ट्रेकिङ जाने पर्यटकहरूको सख्या केही वृद्धि भए पनि दशैंको टिकाको भोलिपल्ट देखि आन्तरिक पर्यटकको उत्साहजनक रुपमा सहभागिता रहेको अध्यक्ष सुवेदीले बताउनु भयो । काठमाण्डौं, चितवन, धरान, बुटवल लगायतका क्षेत्रबाट आन्तरिक पर्यटक पोखरामा आगमन भएको उहाँले जनाउनु भयो । सङ्घमा करिब ४ सय पर्यटकीय स्तरका होटलहरु रहेका छन् भने करिब २ सय होटल संघ भन्दा बाहिर रहेका छन् । 

हिउँदको समय सुरु भएसँगै शैक्षिक भ्रमणमा आउने तथा पोखरामा केही दिनको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न खेलकुद गतिविधि भएको हुनाले पनि पोखराको पर्यटन आगमनमा हाल उत्साहजनक रुपमा रहेको उहाँले जनाउनु भयो । केही क्षेत्रबाट शैक्षिक भ्रमणमा पोखरा आउनेहरूको समेत उत्तिकै उत्साहजनक सहभागिता रहेको छ । 

पोखरामा पर्यटक आगमनमा वृद्धि भएसँगै पोखराका पर्यटकीय गन्तव्यहरूमा पर्यटकहरूको हिजोआज भिडभाड देखिन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button