चाडपर्व सकिएसँगै किसानहरू खेतीपातीको काममा व्यस्त

बारा । चाडपर्वहरू सकिएसँगै बारा र पर्साका किसानहरू खेतीपातीको काममा व्यस्त भएका छन् । किसानहरू धान कटाई गर्ने, दाँई गर्ने र घरमा ल्याउने काममा व्यस्त भएको पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ का किसान जगत पन्जियारले जानकारी दिनुभयो ।
किसानहरू धान काटेर गहुँ रोपाइको लागि खेत तयार गर्नुपर्ने तथा मिहिनेतले उब्जाएको धानलाई घरमा ल्याएर सुरक्षित पार्ने कार्यमा लागेको किसान हकहित सङ्घर्ष समितिका अध्यक्ष सहरुम गदीले जानकारी दिनुभयो । उहाँले मलखादको अभाव तथा यसपालि पानी समेत कम परेको भएपनि औसत रूपमै उत्पादन भएको बताउनुभयो ।
धान बालीलाई किसानहरू भित्राउन लागि परेको उहाँले बताउनुभयो । चाडपर्व सकिएसँगै किसानहरुले धमाधम धान कटाइमा लागेको तथा किसानहरुले अहिले आधुनिक प्रविधिले धान कटाई र दाई गर्ने गरेका छन् ।पहिलेको तुलनामा अहिले गाउँघरमा खेतमा काम गर्ने मानिसहरू समेत नपाउने गरेकाले किसानहरू बताउँछन् ।अहिले प्रायः कम्पाईन मेशिनले नै धानको कटाई गरी भित्राउने गरेका बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ का किसान परशुराम दाहालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्