तपाईँ सुन्दै हुनुहुन्छः

‘गणतन्त्रको रक्षाका लागि एकताबद्ध हुनुपर्छ’

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट युवा सङ्घ नेपालले जाजरकोटमा भूकम्पले भत्काएका पाँच सय घर निर्माण गर्न एक सय जनाको युवा टोली खटाएको छ ।

भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका निम्ति टोली जाजरकोटतर्फ आज प्रस्थान गरेको हो । पाँच सय अस्थायी घर बनाउने अभियानअन्तर्गत एक सय युवाले श्रमदान गर्नेछन् ।

पार्टीका शीर्ष नेताको सहभागितामा आयोजित बिदाइ कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भूकम्प प्रभावितलाई दैनिक जीवनयापनमा कठिन भएकाले सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

फरक प्रसङ्गमा नेता खनालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि परिवर्तनका पक्षधर एकताबद्ध हुनुपर्नेमा विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button