‘असहज परिस्थितिमा प्रदेश सरकारले बलियो कदम चाल्नुपर्छ’
नवलपरासी पश्चिम । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले असहज परिस्थितिमा प्रदेश सरकारले बलियो कदम चाल्नुपर्ने बताउनुभएको छ ।

जाजरकोटका भूकम्प प्रभावितहरूलाई अस्थायी टहरा बनाउनमा त्यहाँको प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुनुपर्ने उहाँले बताउनुभयो ।

पश्चिम् नवलपरासीको बर्दघाटमा कार्यकर्ता भेटघाटका क्रममा महामन्त्री थापाले प्रदेश सरकारले सधैँ सङ्घको मात्र मुख ताकेर बस्न नहुने उल्लेख गर्नुभयो । नागरिकलाई सङ्घीयता यस्तै बिपद र असहज परिस्थितिमा नै चाहिने हुँदा त्यसको अभ्यास गर्नुपर्ने थापाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्