तपाईँ सुन्दै हुनुहुन्छः

गौशाला दुर्गा मन्दिरमा चोरी, गरगहनासहित एक बालक प्रहरी नियन्त्रणमा

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका वडा नं। ५  स्थित दुर्गा मन्दिरबाट चोरी भएको गरगहनासहित मंगलबार एक जना नाबालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्गा मन्दिरबाट चोरी भएको १४ आना बराबरको सुनको नथिया र टिकासहित उक्त बालकलाई ईलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएको हो ।

प्रहरी नियन्त्रणमा रहेको बालकसँग प्रहरीले सूक्ष्म तवरले सोधपुछ र अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक मनोजकुमार यादवले जानकारी दिनुभयो  ।

बजारको मध्यभागमा रहेको दुर्गा मन्दिरमा माता दुर्गाको आभूषण भारतबाट १० लाख भारुमा खरिद गरि ल्याएको मन्दिरका पुजारी काशिकान्त झाले बताउनुभयो ।

सोमबार छठी पारणका दिन मन्दिरबाट सो आभूषण चोरी भएको पुजारी झाले प्रहरीमा खबर गरेपछि प्रहरीले अनुसन्धानको क्रममा सो वालकलाई मंगलबार नियन्त्रणमा लिएको गौशाला प्रहरी निरीक्षक यादवले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button