मिनी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बाँके । बर्दियामा मिनी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
गुलरिया-५ जिल्ला समन्वय समिति चोक नजिक मिनी ट्रकले ठक्कर दिँदा गुलरिया-५ का कृष्णप्रसाद अधिकारीको मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ ।
भे ११प २६४७ नम्बरको मोटरसाइकललाई तीव्र गतिमा आएको भे १ ख २४११ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले जानकारी दिनुभयो ।
प्रहरीले ट्रक चालक बाँके कोहलपुरका २५ वर्षका तुलसीराम थारुलाई नियन्त्रणमा लिएको छ ।






प्रतिक्रिया राख्नुहोस्