तपाईँ सुन्दै हुनुहुन्छः

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पुरा

काठमाडौँ । आइसिसी एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पुरा भएको छ ।

बुधबार हुने सेमिफाइनलमा फाइनल प्रवेशका लागि भारत र न्युजिल्याण्ड तथा बिहीबार हुने दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र अस्ट्रेलिया प्रतिस्पर्धामा उत्रने छन् ।

आइतबार समूह चरणको अन्तिम खेलमा भारतले नेदरल्याण्ड्सलाई पराजित गरेसँगै लिग चरणको खेल सकिएको छ ।

भारत र न्युजिल्याण्ड बिचको सेमिफाइनल वानखडे स्टेडियममा हुने छ भने इडेन गार्डेनमा अस्ट्रेलिया र साउथ अफ्रिका सेमिफाइनलको दोस्रो खेलमा भिड्नेछन् ।

प्रतियोगितामा अपराजित रहँदै भारत सेमिफाइनल पुगेको हो । उसले चौथो स्थानको न्युजिल्याण्डलाई प्रतिद्वन्दीको रुपमा पाएको हो । यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको साउथ अफ्रिकाले अस्ट्रेलियालाई सेमिफाइनल प्रतिद्वन्दी भेट्टाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button