तपाईँ सुन्दै हुनुहुन्छः

बिचौलियाले अस्पताललाई बदनाम गरिरहेका छन् : मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले अस्पताल भित्रकै बिचौलियाले अस्पताललाई बदनाम गरिरहेका बताउनुभएको छ ।

वीर अस्पताल सरसफाइ अभियानको शुभारम्भ गर्नुहुँदै मन्त्री बस्नेतले अस्पतालको तलब खाने तर व्यक्तिगत स्वार्थ पूरा नभएपछि अस्पताललाई नै गालीगलौज गरी बदनाम गर्ने, सञ्चार माध्यममा गलत समाचार लेखाउन लगाउने अस्पताल भित्रैकै बिचौलिया भएको बताउनुभयो ।

वीर अस्पताललाई नमुना अस्पतालका रुपमा विकास गर्न सबै मिलेर अगाडि बढ्नुपर्नेमा मन्त्री बस्नेतले जोड दिनुभयो ।

कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका उपकुलपति प्रा डा भूपेन्द्र बस्नेतले तिहारका बेला अरू ठाउँ सफा सुग्घर र झिलिमिली बनाए जस्तै अस्पतालमा पनि सरसफाइ अभियानको सुरुआत गरिएको बताउनुभयो । यो कार्यले निरन्तरता पाउने उहाँको भनाइ थियो ।

वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले विभिन्न समूह बनाएर अस्पताल सरसफाइ अभियान थालिएको जानकारी दिनुभयो । सरसफाइ अभियानमा न्याम्सका पदाधिकारी, विभागीय प्रमुख, चिकित्सक, कर्मचारी लगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button