तीन वटा क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले तीन वटा क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले क्रिकेटमा नेपाली खेलाडीहरूले गरेको राम्रो प्रदर्शनको गम्भीरतापूर्वक छलफल गरी मोरङको विराटनगर, काठमाडौँको मूलपानी र चितवनको भरतपुर क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा परेपछि तीन वटा रंगशाला निर्माणमा पर्याप्त बजेटको व्यवस्था हुनेछ भने सरकारको उच्च प्राथमिकतामा समेत पर्नेछ ।
नेपालको क्रिकेट टिमले अन्तर्राष्ट्रिय स्तरमा ठुलो सफलता हासिल गरेपछि सरकारले महत्त्वपूर्ण निर्णय गरेको हो । पूर्वाधार र सीमित स्रोत साधनमा खेलाडीहरूले अथक मेहनत गर्दै नेपाललाई टी ट्वान्टी विश्वकपसम्म पुर्याएका छन् ।
विश्वकप क्रिकेटमा नेपाल छनोट भइसकेपछि सरकारले ठोस कदमको रुपमा तीन रङ्गशालालाई समयमै निर्माण सम्पन्न गर्ने गरि अघि बढेको हो ।







प्रतिक्रिया राख्नुहोस्