सल्यानमा भूकम्पबाट मृत्यु भएका परिवारलाइ राहत वितरण
सल्यान । भूकम्पका कारण मृत्यु भएका सल्यानका दुई घर परिवारलाई राहत उपलब्ध गराइएको छ । भूकम्पमा परी सल्यानका एकै घरका दुई सहित तीन जनाको मृत्यु भएको थियो ।
रुकुम पश्चिम आठविसकोट नगरपालिका माइतीघर गएकी दार्मा गाउँपालिका ६ मलिवाङ्गकी भूमिका शाही मल्ल र उहाँको ४ वर्षी छोरा लेखनाथ मल्लको भूकम्पमा परी मृत्यु भएको थियो ।
मृतकको परिवारलाई तीन लाख राहत हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष वेद प्रसाद खरेलले जानकारी दिनु भयो । नेपाल सरकारको निर्णय अनुसार मृतकको परिवारलाई राहत सहयोग प्रदान गरिएको उहाँको भनाई छ ।
यस्तै भूकम्पमा परी मृत्यु भएका बनगाड कुपिण्डे नगरपालिका ४ गर्चेका ३ वर्षीय मृतक बासु बुढाको परिवार दुई लाख राहत प्रदान गरिएको छ । स्थानीय बनगाड कुपिण्डे नगरपालिकाले किरिया खर्च बापत २५ हजार रुपैयाँ खर्च उपलब्ध गराएको मेयर कर्ण बहादुर बुढाथोकीले बताउनु भयो ।
यस्तै भूकम्पमा परि घाइते भएका मृतक बासु बुढाकी आमा भद्रकाली जैसी बुढा र मोहन विष्टले उपचार खर्च बापत १५ हजार प्रदान गरिने उहाँले बताउनु भयो ।
मृतकको घरमै पुगेर कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्मा, प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल, सम्बन्धित पालिकाका प्रमुख तथा उपप्रमुखले सयूक्त रुपमा राहत रकम मृतक परिवारलाई राहत हस्तान्तरण गर्नु भएको थियो ।
नेपाल सरकारको मन्त्रीपरिषद्को बैठकले जाजरकोटमा गएको भूकम्पमा परि मृत्यु भएका परिवारलाई दुई लाख दिने निर्णय गरेको थियो । जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्पजाँदा रुकुम पश्चिम मामाघर गएका सल्यानका तीन जनाको मृत्यु भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्