तपाईँ सुन्दै हुनुहुन्छः

वडा कार्यालय तोडफोड

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको वडा कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ ।

गए राति कार्यालयको मुख्य गेटको ताला फुटाएर कार्यालयभित्रको सामग्री तोडफोड भएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिनुभयो ।

कार्यालयभित्र रहेको प्रिन्टर, इन्भटर, दराजसँगै झ्याललगायत सामग्रीमा फुटाएको उहाँको भनाइ छ ।

कार्यालयमा एक लाख ५० हजार बराबरको क्षति भएको वडाध्यक्ष तामाङले बताउनुभयो । कर्मचारी बस्ने कोठामा उक्त समूह पस्न नपाएकाले धेरै क्षति हुनबाट जोगिएको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button