तपाईँ सुन्दै हुनुहुन्छः

प्रधान सेनापति र स्वीट्जरल्याण्डका राजदूतबीच भेटघाट

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा ड्यानियल म्युलीबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button