नरैनापुरले पठायो भूकम्प पीडितलाई सहयोग

बाँके । जाजरकोट र रुकुम (पश्चिम) का भूकम्प पीडितका लागि बाँकेको नरैनापुर गाउँपालिकाले २ लाख २५ हजार रुपैयाँ बराबरको राहत सामाग्री पठाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद व्यवस्थापन समितिका संयोजक श्रवणकुमार पोखरेललाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।हस्तान्तरण गरिएको सामाग्रीहरुमा चामल, दाल, नुन लगायत रहेका छन् ।
गाउँपालिकाका कार्यपालिका सदस्य एवम् नरैनापुर गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मनोज शर्मा र वडा नम्बर ५ का अध्यक्ष कृष्णचन्द मौर्य र प्रमुख प्रशासकीय अधिकृत मनिराम खरालले प्रजिअ पोखरेललाई राहत सामाग्री हस्तान्तरण गरेको प्रेस सल्लाहकार आलम खानले जानकारी दिनुभएको छ ।
गाउँपालिकाबाट सामाग्री पठाइएको र एम्बुलेन्स तयारी अवस्थामा राखिएको प्रमुख प्रशासकीय अधिकृत खरालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्