तपाईँ सुन्दै हुनुहुन्छः

झापामा करेन्ट लागेर दुईजनाको मृत्यु

भद्रपुर, झापा ।  झापाको छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर एकै दिन दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो मङ्गलवार दिउँसो दमक नगरपालिका–३ स्थित खोल्सीमा निर्माण भइरहेको पूलमा काम गर्ने मजदूर भोजपुर नगरपालिका–११ का ४५ वर्षीय चंखबहादुर सार्कीको मोटरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको छ भने सोही दिन कनकाई नगरपालिका–३ मा घरमा टिनको छाना लगाउने क्रममा कनकाई–६ का ३६ वर्षीय रामकुमार श्रेष्ठले बोकेको रडले बिजुलीको तारमा छोएपछि करेन्ट लाग्दा श्रेष्ठको मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका सार्कीको उर्लाबारीस्थित अरनिको अस्पतालमा र श्रेष्ठको बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button