भूकम्पका घाइते बिरामीहरूका लागि भेरी अस्पतालमा मनोपरामर्श सेवा

बाँके । भेरी अस्पतालमा उपचाररत भूकम्पका घाइते बिरामीहरूका लागि मनोसामाजिक परामर्श र उपचार सेवा दिन थालिएको छ । जिल्ला आपत्कालीन कार्य सञ्चालक केन्द्र बाँकेका अनुसार मनोसामाजिक परामर्श र उपचारका लागि मानसिक रोग जनशक्ति व्यवस्थापन गरिएको छ ।
भेरी अस्पतालमा उपचाररत भूकम्पबाट घाइते शारीरिक चोट र परिवारका सदस्यहरु गुमाएका बिरामी, परिवार र कुरुवाहरूका लागि मनोसामाजिक परामर्श र उपचार गर्न मानसिक रोग विशेषज्ञ र मनोसामाजिक परामर्श तालिम प्राप्त २ जना चिकित्सक र १ जना नर्सको व्यवस्था गरिएको केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो।
त्यसका लागि अस्पतालका कन्सल्ट्यान्ट साइक्रयाट्रिक डा. लीला देवकोटा, डा. प्रदीप रेग्मी, मनोसामाजिक परामर्शदाताका रुपमा कमला डाँगीलाई जिम्मेवारी तोकिएको छ ।
भेरी अस्पतालमा हाल ४६ जना बिरामीको उपचार भइरहेको छ । ती मध्ये एक जना आइसीयूमा छन् । पछिल्लो १२ घण्टामा तीन महिने शिशुसहित दुई जना घाइते बिरामी थपिएका छन् । ७ जनाको शल्यक्रिया गरिएको छ । हालसम्म उपचारका लागि आएका ४९ जनामध्ये २ जना डिस्चार्ज भएका छन् भने एक जनाको मृत्यु भएको छ । उपचार चलिरहेका सबै खतरामुक्त रहेको पनि बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्