तपाईँ सुन्दै हुनुहुन्छः

प्रम र काँग्रेस सभापति देउवाबीच भेट, कांग्रेसद्वारा ५० लाख हस्तान्तरण

काठमाडौँ I नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज भेट गर्नुभई भूकम्प पीडितहरूको सहयोगका लागि नेपाली काँग्रेसका तर्फबाट ५० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ ।

सभापति देउवा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई साथ लिएर बिहान प्रधानमन्त्री निवास बालुवाटार जानुभएको थियो ।

भेटका अवसरमा प्रधानमन्त्रीले सरकारले भूकम्प प्रभावित क्षेत्रमा गरिएको उद्धार, उपचार र राहतका बारेमा सभापति देउवालाई जानकारी गराउनुभएको थियो ।

भेटमा सभापति देउवाले सरकारले गरेको भूकम्प पीडितहरूको उद्धार, उपचार कार्यको प्रशंसा गर्नुहुँदै राहत वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन सुझाव दिनुभएको जानकारी प्रधानमन्त्रीको सचिवालयले दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button