तपाईँ सुन्दै हुनुहुन्छः

कोहलपुर गोल्डकपको उपाधिका लागि चर्च ब्याइज र त्रिभुवन आर्मी भिड्ने

नेपालगञ्ज । बाँकेको कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्ड कप फुटबल प्रतियोगिता को उपाधिका लागि चर्च ब्याइज युनाइटेड क्लब र त्रिभुवन आर्मी क्लब आमनेसामने हुने भएका छन् ।

चर्च ब्याइजले गोर्खा व्वाइज स्पोर्ट्स क्लब र त्रिभुवन आर्मीले दुधौली स्पोर्ट्स क्लबलाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन् । दुधौलीलाई ४-१ ले पराजित गर्दै आर्मीले फाइनल यात्रा तय गरेको हो भने गोर्खा व्वाइज स्पोर्ट्स क्लबलाई ३-० गोल अन्तरले हराउँदै चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको हो । यी दुई टिमबिच कार्तिक २२ गते बुधबार प्रतिस्पर्धा हुनेछ ।

कार्तिक २२ गतेसम्म चल्ने प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसीसहित नेपालका चर्च व्वाइज युनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्ट्स क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैयाँ र दोस्रो हुनेलाई ४ लाखसहित ट्रफी प्रदान गरिने रेसिङ साहारा क्लबका अध्यक्ष चक्र चिमाला क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button