मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
दाङ । देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।
आइतबार साझ लमही नगरपालिका–८ सतबरियामा मुगुबाट काठमाडौँ जाँदै गरेको बा ३३ प ३६३४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्री सोही वडा गणेशपुर निवासी ५५ वर्षीय भीमसेन थारुको मृत्यु भएको हो ।
थारुको टाउको र बायाँ खुट्टामा गहिरो चोट लागेको थियो । लमही अस्पतालमा उपचारका क्रममा थारुको मृत्यु भएको हो ।
मोटरसाइकल चालक शान्तिनगर महानगरपालिका–३१ काठमाडौँ निवासी २५ वर्षीय राजेश देवकोटा घाइते भएका छन् । देवकोटाको टाउकोमा गहिरो चोट लागेकाले लमही अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्