टागियाबस्तीका स्थानीयद्वारा ‘रुखमा अंगालो’ अभियान
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ टागिया बस्तीका स्थानीयले ‘रुखमा अंगालो’ अभियान सञ्चालन गरेका छन् ।

वनजंगल विनाश हुँदै गएको र संरक्षणका लागि भन्दै उनीहरुले उक्त अभियान सञ्चालन गरेका हुन् ।
करिब २ सय स्थानीयहरुले प्रस्तावित निजगढ अन्तराष्टिय विमानस्थलले बस्ती, वन, वातारण र जैविक विविधतामा परेको नकारात्मक असरबारे गुनासो गरेका थिए । कार्यक्रममा वन विज्ञ भोला भट्टराइ समक्ष स्थानीयले आफ्ना गुनासो पोखेका थिए ।
वन विज्ञ भट्टराईले वन जंगल नासेर कुनै पनि विकासका काम हुन नहुने बताउँदै टाङ्गियाबस्तीको स्थायित्व हुनुपर्नेमा जोड दिनुभयो । उहाँले टाँगिया बस्तीका स्थानीयका गुनासालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने प्रतिबद्वता समेत जनाउनुभयो ।
कार्यक्रममा टाँगिया बस्तीका युवा अगुवा नवराज सन्जेल र हलखोरिया साझेदारी वनका अध्यक्ष विकल्प भट्टराइले स्थानीयको वन वातावरणसम्बन्धी अधिकार सुनिश्चित गर्न सरकार समक्ष माग गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्