तपाईँ सुन्दै हुनुहुन्छः

दीपावली नजिकिएसँगै झिलिमिली बत्ती तथा माटोको दियोको विक्री बढ्यो

जनकपुरधाम । दीपावली नजिकिएसँगै झिलिमिली बत्तिको विक्री बढेको छ । अहिले जनकपुरधाम बजारमा दुई सयदेखि २ हजार ५ सयसम्मका झिलिमिली बत्तीको बिक्री वितरण भइरहेको छ ।

होलसेल बिक्री गर्दै आएको कृष्णा इलेक्ट्रिक पसलमा बत्ती किन्नेहरूको भिड बढेको छ । पसलका सञ्चालकले चाइनिज झिलिमिली बत्तीको अत्यधिक माग रहेको बताउनुभयो ।

साथै परम्परागत रुपमा प्रयोग हुँदै आएको माटोको दियोको बिक्री पनि उस्तै बढेको छ । पछिल्लो समयमा माटोको दियोलाई कलर गरेर विक्री गर्ने चलन जनकपुरधाममा बढेको छ ।

अहिले साधारण, कलश दियो तथा कलशमा मिथिला पेन्टिङ गरेर बिक्री वितरण भइरहेको छ । माटोको वर्तनलाई चाडपर्वमा शुभ मानिने भएकाले बिक्रीमा वृद्धि भएको हो । पूजा घरमा माटाको दियोको प्रयोग अनिवार्य मानिन्छ ।

तर, पछिल्लो समयमा पित्तलको दियो तथा भाडा बजारमा बिक्री हुन थालेकाले कुमाल जातिको पेशा नै सङ्कटमा पर्ने खतरा रहेको राजेश कुम्हारले बताउनुभयो । पित्तलको दियो तथा कलश एक पटक किनेपछि वर्षौंसम्म चल्ने भएकाले माटोका वर्तनको बिक्रीमा कमी आउन थालेको कुम्हारको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button