तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्प पीडितलाई सल्यानका दश स्थानीय तहले २० लाख सहयोग गर्ने 

सल्यान । सल्यानका सबै पालिकाले भूकम्प प्रभावित क्षेत्रका लागि आर्थिक २० लाख आर्थिक सहयोग गर्ने भएका छन् । दस पालिका रहेको सल्यानमा प्रत्येक पालिकाले २ लाखका दरले २० लाख रकम भूकम्प प्रभावितहरूका लागि सहयोग गर्ने भएका हुन । 

आइतबार सल्यान खलंगामा बसेको स्थानीय तहहरूको संयुक्त बैठकले एकद्धार प्रणाली मार्फत जिल्लाका १० स्थानीय तहहरुले २ लाखका दरले २० लाख सल्यान जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका सभापति बेलाराम रावलले जानकारी दिनु भयो । जम्मा भएको रकमको ६० प्रतिशत जाजरकोट र ४० प्रतिशत रुकुम पश्चिममा जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा गरी प्रभावितको राहत उद्धार र पुनर्स्थापना लागि पठाउने निर्णय गरेको उहाँले बताउनु भयो । 

यस्तै आइतबार नै बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले भूकम्पका लागि जिल्लामा क्षतिग्रस्त भएका भौतिक संरचनाको तथ्याङ्क सङ्कलनलाई निरन्तरता दिने जनाएको छ । भूकम्पबाट हालसम्म २५ वटा पूर्ण रुपमा क्षति, ८८ आंशिक क्षति र ९४ वटा घरमा सामान्य क्षति भएको तथ्याङ्क आएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक वेद प्रसाद खरेलले जानकारी दिनु भयो । 

यस्तै भूकम्पबाट पीडित भएकालाई विपद् पीडित उद्धार तथा राहत वितरण सम्बन्धी मापदण्ड २०७७ बमोजिम राहत वितरण गर्ने, जिल्लामा क्षतिग्रस्त भौतिक संरचनाको यथार्थ वितरण सङ्कलन गरी आ आफ्नो क्षेत्रबाट समेत राहत वितरणको कार्य गर्ने निर्णय समेत भएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button