तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्प पीडितका लागि नवलपुरका तीन पालिकाले दुई/दुई लाख उपलब्ध गराउने

नवलपुर । जाजरकोट केन्द्र बनाई गएको विनाशकारी भूकम्पबाट पीडितहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि नवलपुरका विभिन्न पालिकाहरूले आर्थिक सहयोग उपलब्ध गराउने भएका छन् । 

जिल्लाको बिनयी त्रिवेणी गाउँपालिका, देवचुली नगरपालिका र मध्यविन्दु नगरपालिकाले भूकम्पबाट पीडितहरूको लागि दुई/दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएका हुन् । बिनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरी, देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपाने र मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै भूकम्प पीडितहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि दुई लाख रुपैयाँ उपलब्ध गराउने जानकारी गराएका छन् । 

भूकम्पमा परी मृत्यु भएकाहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् । 

पालिकाको तर्फबाट उक्त रकम नेपाल सरकार वा सरकारी विपत् कोष मार्फत पीडितहरूको लागि पठाइने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button