तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क टेलिफोन  SMS र इन्टरनेट सेवा प्रदान गर्ने

दाङ । सरकारले  भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क टेलिफोन  SMS र इन्टरनेट सेवा प्रदान गर्ने भएको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले सिंहदरबार डाकेको बैठकले यस्तो निर्णय गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरण मार्फत वितरण हुने  सम्पूर्ण सेवा पाँचदिन सम्म जाजरकोट ,पुर्वी रुकुम र  पश्चिम रुकुममा निःशुल्क प्रदान गरिने मन्त्री शर्माले जानकारी  दिनुभयो 

जाजरकोट र पश्चिम रुकुमको अवरुद्ध टेलिफोन र संचारसेवा सुचारु गर्न सञ्चार मन्त्रालयले  आकस्मिक बैठक बोलाउनु भएको थियो । गए राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट त्यस वरपरकाे टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध छ । 

लामो समय सम्म सञ्चार सेवा विच्छेद हुँदा घाइतेहरूको उपचार र  उद्धारमा समस्या हुँदै आएकोले छिटोभन्दा छिटो टेलिफोन सेवा मर्मत  गरी सुचारु गर्न दूरसञ्चार प्राधिकरणलाई मन्त्री शर्माले निर्देशन गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button