रुकुमबाट नवजात शिशुसहित ११ जना घाइतेलाई नेपालगन्ज ल्याइयो

बाँके । रुकुमको सल्लेबाट जहाजमार्फत भूकम्पका थप ११ जना घाइतेलाई नेपालगन्ज ल्याइएको छ ।
नवजात शिशु सहित ११ जना घाइतेलाई नेपाल एयरलाइन्सको जहाजमार्फत केहीबेर अघि नेपालगन्ज ल्याइएको हो । उक्त जहाजले घाइते ११ जना र उनीहरूका ७ जना कुरुवा बोकेर नेपालगन्ज ल्याएको हो ।

घाइतेलाई नेपाल प्रहरी, नेपाली सेना तथा विभिन्न संस्थाको एम्बुलेन्समार्फत नेपालगन्जस्थित भेरी अस्पताल नेपालगन्ज पुर्याइएको छ । उक्त जहाज घाइतेको उद्धार गर्न काठमाडौँबाट रुकुम सल्ले हुँदै नेपालगन्ज आइपुगेको हो ।
जहाजलाई पाइलट पेम्बा शेर्पा र को-पाइलट सुजन पुरीले उडाएर ल्याउनु भएको हो। जाजरकोट र रुकुम पश्चिमका अन्य थप घाइतेहरूलाई पनि नेपालगन्ज ल्याइने बताइएको छ ।









प्रतिक्रिया राख्नुहोस्