तत्काल भूकम्प प्रभावितहरूको खोज, उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपतिको आग्रह
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जाजरकोटमा गए राति गएको भूकम्पका कारण भएको ठूलो मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएकाे छ । उहाँले तत्काल भूकम्प प्रभावितहरूको खोज, उद्धार र राहतमा जुट्न सबै सम्बद्ध निकायहरूलाई अनुरोध गर्नुभएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले त्यस क्षेत्रमा अझै भूकम्पका पराकम्पहरू गइरहेका भन्दै आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गर्नुभएको छ ।









प्रतिक्रिया राख्नुहोस्