घट्यो मादलको व्यापार

कास्की । पछिल्लो समयमा मादलको कारोबारमा निकै कमी आएको छ। मादल बनाउन प्रयोग हुने सामाग्रीको अभाव भए पछि कारोबारमा कमी आएको पोखराका मादल व्यवसायीहरू बताउँछन् । सामाग्रीको जोहो गरेर दिनमा एउटा मात्र मादल निमार्ण गर्न सकिने मादल व्यापारी बुद्धिलाल कुल्लुले बताउनुभयो ।
धादिङदेखि पोखरा आएर विगत एक दशकदेखि यस क्षेत्रमा व्यापार गर्दै आउनु भएका कल्लुलाई मादल बनाउन आवश्यक पर्ने गोरुको छाला पाउन निकै सकस पर्ने गरेको बताउनु हुन्छ ।

गत वर्ष दसैँमा राम्रो व्यापार भए पनि यस पटक दसैँमा सोचेजस्तो व्यापार हुन नसेको व्यवसायीहरूको गुनासो छ । आज भोली नयाँ मादल त निकै कम मात्रामा बिक्री हुने गरेको व्यवसायीहरू बताउँछन् । यस पटक पुराना १२,१३ वटासम्म मादल मर्मतसम्भारका लागि आइका छन्
मादल व्यवसाय गरेर दैनिकी चलाउन धौधौ छ । नेपालीले पुरानो बाजा संस्कृति छोड्दै पछिल्ला केही वर्षयता आधुनिक बाजातर्फ मानिस अग्रसर हुन थालेपछि आफूले बनाएका मादल बिक्री वितरण निकै कम हुँदै गएको व्यवसायी मिलन प्रजापति बताउनु हुन्छ । बजारमा नयाँ नयाँ सङ्गीत बजाउने प्रविधि आएसँगै मादल व्यापारमा कमी आएको व्यापारीहरूको ठहर छ ।








प्रतिक्रिया राख्नुहोस्