तपाईँ सुन्दै हुनुहुन्छः

श्रोत नखुलेको साढे १६ लाख रुपैयाँ सहित एक जना पक्राउ

नवलपरासी। जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले स्रोत नखुलेको १६ लाख ५० हजार नेपाली रकमसहित एक जनालाई बिहीबार दिउँसो एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका-२ हरपुरका २५ वर्षीय इमरान खान रहेको प्रहरीले जनाएको छ ।

भारतीय सीमावर्ती क्षेत्र महेशपुरबाट परासीतर्फ लु ९० प ७८८५ नम्बरको मोटरसाइकलबाट आउँदै गरेका उनलाई शङ्का लागि चेकजाँच गर्ने क्रममा रामग्रामको उजैनीबाट उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभयो ।

कालो ब्यागमा राखेर ल्याउँदै गरेको अवस्थामा बरामद भएको रकम १ हजार दरका ७ सय र ५ सय दरका १९ सय थान रहेको छ। पक्राउ परेका खानलाई रकमसहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको डिएसपी बोहराले बताउनुभयो।

सीमावर्ती भारतीय बजारमा नेपाली नोटको कारोबार हुने गरेको छ। नेपालबाट भारतमा कारोबार गर्ने नेपाली व्यापारीलाई रकम बुझाउन वा भारतीय रकम साट्नका लागि भारतीय व्यापारीहरूसँगबाट उक्त रकम ल्याइएको हुन सक्ने आशङ्का गरिएको छ। यश अघि पनि श्रोत नखुलेको रकम सहित मानिसहरू पक्राउ पर्ने गरेका थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button