तपाईँ सुन्दै हुनुहुन्छः

संघीय संसद्को चालु अधिवेशन आज राति १२ बजेपछि अन्त्य

काठमाडौँ । संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आज राति १२ बजेपछि अन्त्य हुने भएको छ । 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नु भएको हो  । 

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त चालु अधिवेशन अन्त्य  गरिएको ब्यहोराको पत्र पढेर सुनाउनुभयो ।

बैठकमा सभामुख घिमिरेले चालु अधिवेशनमा संसद्मा भएका कामकारबाही बारे जानकारी गराउनुभयो । 

सभामुख घिमिरेले चालु अधिवेशनका अनुभव र अभ्यासबाट पाठ सिक्दै संसदीय गतिविधिलाई प्रभावकारी बनाउनु पर्ने बताउनुभयो ।

सभामुख घिमिरेले चालु अधिवेशनमा संसदीय गतिविधिले गति लिएको भन्दै संसद्लाई लोकतान्त्रिक मान्यता अनुरुप अघि बढाउन सबै गम्भीर हुनुपर्नेमा जोड दिनुभयो। 

यस अघि बैठकमा चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले टेबुल गर्नुभयो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले “राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७८/७९” र तेस्रो वार्षिक प्रतिवेदन आर्थिक वर्ष  २०७९/८०”  सभा समक्ष 

पेश गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button