माघपछि सबै प्रकारको स्वास्थ्य सेवा प्रदेशमा नै पाइने : स्वास्थ्यमन्त्री सिंह

जनकपुरधाम । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र प्रसाद सिंहले मधेश प्रदेशको स्वास्थ्यमा आमूल परिवर्तन गर्ने गरि प्रदेश सरकारले काम गरिरहेको दाबी गर्नु भएको छ ।
स्वास्थ्यमन्त्री सिंहले अन्तर्राष्ट्रिय बालिका दिवसको अवसर पारेर प्लान इन्टरनेशनले आयोजना गरेको बालिका तथा किशोरीलाई लक्षित गरेर आज मन्त्रालयमा आयोजना गरिएको पद हस्तान्तरण कार्यक्रममा बोल्दै मधेश प्रदेशको स्वास्थ्यमा आमूल परिवर्तनको अनुभूति मधेशका जनताले माघ पछि गर्ने गरि मन्त्रालयले काम गरिरहेको बताउनु भयो ।
उहाँले प्रदेश सरकारले बालिका तथा किशोरीको स्वास्थ्य प्रति गंभिर भएको बताउँदै प्रदेशका सबै वडामा नर्स सहितको स्वास्थ्य चौकी स्थापना गर्ने अभियान तीव्र गतिमा अगाडी बढाएको बताउँदै ती स्वास्थ्य चौकीमा किशोरीलाई आवश्यक पर्ने सबै प्रकारको स्वास्थ्य सेवा उपलब्ध रहने बताउनु भयो ।
स्वास्थ्यमन्त्री सिंहले महिलाको लागि निःशुल्क पाठे घरको शल्यक्रिया शिविर प्रदेश भरि नै सञ्चालन हुने बताउँदै किशोरीलाई पाठे घरमा लाग्ने क्यान्सर रोगको रोकथामका लागि एच पी भि खोप सबै किशोरीलाई दिने पक्षमा रहेको बताउनु भयो ।

उहाँले प्रदेश सरकार प्रदेशमा रहेका सबै जिल्लाको प्रादेशिक अस्पतालहरूलाई १ सय बेड तथा जनकपुरधामको प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालको रुपमा घोषणा गरेर भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापनको प्रक्रिया अगाडी बढाएको बताउनु भयो । माघ पछि मधेशका जनताले विशेषज्ञ सेवा पाउन अन्यत्र जाने बाध्यताको अन्त्य हुने मन्त्री सिंहले बताउनु भयो ।
उहाँले प्रदेश सरकारको कार्यक्रममा सघाउने गरि किशोरीहरूको आत्मबलको विकास गर्न तथा राजनीतिक प्रति बढ्दै गएको नकारात्मक शोचमा परिवर्तन ल्याउन पद हस्तान्तरण कार्यक्रम निक्कै महत्वपूर्ण भएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्लान ईन्टरनेशन नेपालका जनकपुरधाम स्थित कार्यालयका क्षेत्रिय प्रबन्धक रविशंकर पण्डितले प्लान ईन्टरनेशनलले विश्व व्यापी रुपमा विश्वका ७५ देशमा समान शक्ति, समान स्वतन्त्रता तथा समान प्रतिनिधित्वको मान्यता अनुसार वालिका तथा किशोरीको मनोबल बढाउन पद हस्तान्तरण अभियान चलाइरहेको बताउनु भयो ।
प्लान ईन्टरनेशनल नेपालका कोर्डिनेटर अञ्जु शाक्यले नेपालमा प्लान ईन्टरनेशन नेपालले ४५ वर्ष देखि काम गरेको बताउँदै मधेश प्रदेशमा पनि अढाई वर्ष देखि काम गरेको बताउँदै विकास सँगै वालिका, किशोरी तथा महिला सशक्तीकरण अभियान गरिरहेको बताउनु भयो ।
सो अवसरमा मन्त्री सिंहले धनुषाको कमला नगरपालिकामा रहेको सामुदायिक विद्यालयको कक्षा ७ मा अध्ययनरत रहेको वर्ष १४ की बालिका सरिता यादवलाई प्रतिकात्मक रुपमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यभार हस्तान्तरण गर्दै गम्छा लगाएर आफ्नै कुर्सीमा बसाउनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्